
रायोको साग हाम्रो शरीरलाई अति नै फाईदाजनक खाद्य तरकारी जन्य चीज हो | हाम्रो शरीरमा एन्टीअक्सिदेंतको रुपमा काम गर्ने रायोको सागमा भिटामिन ‘ए’, ‘सी’ र ‘के’ ले शारिरलाई ज्यादै नै उपयोगी हुन्छ | तसैलेदैनिक खाना खानामा नियमित रुपमा रायोको साग मिलाएर खाने बानी बसाल्नुहोस्
१. यसमा पाइने फोलिक एसिड र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ ।
२. त्यस्तै रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन प्रक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने
समस्यासमेत हटाउँछ ।
३. शरीरमा भिटामिन ‘के’को कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या हल हुन्छ ।
४. जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ, खासमा बढी बुढाबुढीलाई । रायोमा पाइने कपरले यो समस्या हल गर्छ ।
५. रायो भिटामिन सीको पनि राम्रो स्रोत हो । तसर्थ, रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij