२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सिन्धुलीमा जीप दुर्घटना: ५ जनाको मृत्यु

सिन्धुलीमा जीप दुर्घटना: ५ जनाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २, चण्डीभञ्याङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा  ९ जना घाइते भएका छन् । 

जीप दुर्घटनामा परी मृत्यु हुनेमा फिक्कल गाँउपालिका वडा नं. २ का अन्दाजी ५५ वर्षीया तिलमाया विक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी विक, २५ वर्षीया अनिता महत र वडा नं. ३ का ३५ वर्षीया शान्तिमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिसपी लोकदर्शन थापाले जानकारी दिनुभयो । 

घाइते ९ जनामध्ये गम्भिर घाइते रहेका २ जनालाई सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७, खुर्कोटमा रहेको अस्पतालमा उपचार पछि थप उपचारको लागि धुलिखेल रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij