२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ललितपुर महानगर बन्ने भयो सडक मानव मैत्री पहिलो महानगर

ललितपुर महानगर बन्ने भयो सडक मानव मैत्री पहिलो महानगर

बुधवार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख चिरिबाबू महर्जनले ललितपुर अब सडक मानवमुक्त पहिलो महानगर बन्ने कुरा व्यक्त गर्नु भयो | मानव सेवा आश्रमले आयोजना गरेको कार्यक्रममा बोल्दै महर्जनले सडक मानवको लागि आश्रयभवन बनाउने, स्वास्थ्य उपचार गराउने तथा परिवार मिलन गराउने गरि सरोकारवाला निकायसँग बहुपक्षीय छलफल भैरहेको बताउनुभयो |

आगामी आर्थिक वर्षबाट मानवीय र सामाजिक कार्यमा उल्लेख्य बजेट व्यवस्था गरेर कार्यक्रम बनाउने नै बनाएर लाग्ने बताउनु भएको छ |

महानगरले मानव सेवा आश्रमको सहयोगमा सडक मानवहरुलाई संकलन गरि आश्रयस्थलमा पठाउने गरेको छ । मानव सेवा आश्रमले आफ्ना विभिन्न शाखाहरुमा करिब १७५० सहयोगापेक्षी सडक मानवको उद्धार गरि आश्रय दिइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij