बुधबार दिउँसो कपिलवस्तुमा बुधवार दिउसो भएका दुई छुट्टा छुट्टै दुर्घटनामा ६ जना घाईते भएका छन् | पुर्व पश्चिम राजमार्ग भएर दुई फरक दिशा तिर जाँदै गरेका मोटरसाईकल (लु ७ प ८७३७ नम्वरको मोटरसाईकल र अर्को एउटा लु४६प ६०७३ नम्बरको) एक आपसमा ठोकिदा वाणगंगा नगरपालिका १ का २० वर्षीय साहुल र ध्रुव विक त्यस्तै बुद्दभुमी नगरपालिका-९ का ४० वर्षीय सुरेन्द्र खनाल, ५५ वर्षीय खेमराज भट्टराई बुद्दभुमी ४ का साईकल यात्री ११ वर्षीय गंगा महोतो गरी घाईते भएका हुन् । उनीहरुलाई कपिलवस्तुबाट थप उपचारका लागि बुटवल पठाइएको त्यहाँको प्रहरीले जनाएको छ ।
कपिलवस्तुमै बुधवार दिउँसो अर्को स्थानमा भएको मोटर साईकल दुर्घटना परि २ जना घाइते भएका छन् । बाणगंगा नगरपालिका–६ मनहरास्थित पुर्व पश्चिम राजमार्गबाट पूर्वतर्फ आउँदै गरेको लु २ प ६९९८ नम्बरको मोटर साईकल विपरित दिशाबाट आउँदै गरेको लु ५ प २१२८ नम्बरको मोटर साईकल आपसमा ठोक्किँदा त्यसमा सवार सोही स्थानमा बस्ने बर्ष ५० का सेसराम गुप्ता, कपिलवस्तु नगरपालिका ९ बस्ने १७ वर्षीय अर्जुन परियार घाई भएका हुन् । उनीहरुको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij