
तपाईले ईयरफोनको प्रयोग कति गर्नु हुन्छ ?
यदि अधिक मात्रामा ईयरफोनको प्रयोग गर्ने गर्नु भएको छ भने तपाईमा बहिरोपना पनि निम्त्याउन सक्ने अनुसन्धान देखाएको छ |
स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनीको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ । जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ ।
ड्रम्स, आर्केस्ट्रा, गिटार, तबला र अन्य वाद्यवादनको ध्वनिले त्यति धेरै हानि नपुर्याए पनि ईयरफोनको भने प्रत्यक्ष र सिधा असर पर्ने पत्ता लागेको हो । हाई पिचवाला वाद्यवादन वा भारी धातुको आवाजले भने कानको सुन्ने क्षमता कमजोर भएर जान्छ । आजको नयाँ पत्रिकामा समाचार छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij