सर्वोच्च अदालतमा विचाराधीन अवस्थाको एन्सेल कर विवादमा अधिकांशले शेयर बेचेर गएको टेलियासोनेरालाई करको भागि बनाउनु पर्ने बहस गरेका छन |
द्वारिकानाथ ढुंगेलको टोलीले मात्रै एनसेललाई कर तिराउनुपर्ने बहस गरेको छ । अरु सबैले कर तिर्ने दायित्व टेलियारोनेराको भएको भनेर बहस गरेका छन् । यो मुद्दामा मंगलबार पनि सुनुवाइ भयो भने बुधबार दुवै पक्षले ‘जवाफी बहस’ गर्नेछ ।
त्यसपछि इजलासले सोही वा अर्को कुनै दिन निर्णय सुनाउने छ । मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्मोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलसमा सुनुवाई भइरहेको छ ।आजको कान्तिपुरमा खबर छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij