२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाल टेलिकमका नयाँ अफरहरु र छुट पनि : हेर्नोस् पुरा समाचार

नेपाल टेलिकमका नयाँ अफरहरु र छुट पनि : हेर्नोस् पुरा समाचार

नेपाल टेलिकमले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको अफर ल्याएको छ | 

मंगलबार काठमाडौंमा आयोजित १५ औँ वार्षिक उत्सव कार्यक्रममा अवसरमा माघ २२ गतेदेखि एक महिनासम्मका लागि लागू हुने गरी ‘NT Mobile App’ र ‘Registration’ मा निशुल्क 100MB डाटा उपलब्ध गराउने भएको छ | 

माघ २३ गतेदेखि लागू हुने गरी फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ पोष्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र सय मिनेटसम्म भ्वाइस बोनस दिने पनि दिने भएको हो | 

त्यस्तै गरि पोष्टपेडका ग्राहकलाई  ९०० को रिचार्जको प्याकेजमा प्रतिमहिना ३ दशमलब ३ जीबी डाटा र ५०० को रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउने पनि जानकारी दिनुभयो । त्यसै गरी टेलिकमले आफ्नो वार्षिक उत्सवको अवसर पारेर टुरिष्ट प्याकेज अन्तरगत ५ सय रुपैयाँमा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल र सय रुपैयाँको अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने छुटको पनि व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij