पार्टीको नीतिविरुद्ध संविधान संसोधन बिधेयकविरुद्धको नेकपा एमालेको गठबन्धनमा सहभागी भएको भन्दै गत बुधबार सो पार्टीले निष्कासन गरेपछि सांसद राजवंशीले नयाँ दल दर्ता गरेको सार्वजनिक गरेका हुन्। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
यस क्रममा सभासद् राजवंशी स्वयंले अलग्गै पार्टी दर्ता गराएको थाहा पाएँ, नेपा राष्ट्रिय पार्टीका महासचिव विजय सैंजुले भने। राजवंशीले पुस ४ गते निर्वाचन आयोगमा दर्ता गराएको दलको नाम बौद्धिक जनतान्त्रिक परिषद् प्रस्ताव गरिएको छ।‘पार्टीको केन्द्रिय कमिटीले निष्काशन गरिएको पत्र निर्वाचन आयोगमा बुझाएपछि सभासद्को पद के हुने भन्ने विषयमा छलफल चलिरहेको थियो ।