
पुर्व मन्त्रि एवम नेकपा नेता जनार्दन शर्माले राजनीतिक र कर्मचारी नेतृत्वको मिलेमतोमा संघीयता विरोधी काम भइरहेको बताएका छन् ।
राजधानीमा एक कार्यक्रमका अवसरमा आईतबार शर्माले कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयक मार्फत संविधान विरोधी काम गरिरहेको आरोप समेत लगाए ।
‘प्रदेश सरकारले कुनै गतिविधि गर्न नपाउनेगरी कानुन बनाउनु पर्ने ? प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखिदिनु पर्ने ? यो जे भइरहेको छ। राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वको मिलेमतोमा भइरहेको छ। संघीयताविरोधीको मिलेमतोमा भइरहेको यो कुरा मानिदैँन।’ शर्माको भनाई छ |
उनले एकताअघिसम्म भूमिका भए पनि एकतापछि पार्टीमा आफ्नो पनि पहुँच पुग्न नसकेको भन्दै अहिले संघीयताबारे धेरैनै गल्ती हुन खोजेकाले बोल्न बाध्य भएको बताए ।
शर्माले भने, ‘पार्टी एकता मैले गराएको साँचो कुरा हो। तर जेठ २ गतेपछि नयाँ संरचना बनेको छ। अहिले त्यहाँ मेरो पनि पहुँच छैन ।’
यसअघि सरकारले प्रदेश प्रहरीको परिचालनको अधिकार पनि सीडीओलाई दिने गरी विधेयक ल्याएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij