
पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपस्थित फनपार्क रहेको जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै उनीहरुमाथि भ्रष्टाचार मुद्दा चलाएको हो ।
मापदण्ड र प्रक्रियाविपरीत ६० रोपनी जग्गा भाडामा लगाउँदा समाज कल्याण परिषदका तत्कालीन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने, समाज कल्याण परिषदका उपाध्यक्ष प्रमोद मेहता लगायतको संलग्नतामा प्रचलित ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसा हानि भएको अख्तियारको दाबी छ ।
२० भदौ २०६९ मा फनपार्क मेला सञ्चालन गर्न जग्गा भाडामा दिने निर्णयका क्रममा उक्त भ्रष्ट्राचार हुन आएको खुलेको छ । निर्णयमा रवीन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजार भाडामा १५ वर्षको लागि फनपार्क मेला सञ्चालन गर्न जग्गा दिने उल्लेख छ ।
अख्तियारको अनुसन्धानमा इच्छुमती तरकारी बजारलाई प्रतिरोपनी ७८ हजार ५ सय ७१ रुपैयाँ ४२ पैसामा भाडामा दिँदा फनपार्कका लागि भने प्रतिरोपनी ९ हजार २५० रपैयाँमा दिएको पाइएको थियो । वदनियतपूर्वक गरिएकाे यस निर्णयले समाज कल्याण परिषद्लाई ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा नोक्सान भएको अख्तियारले दाबी गरेको हो |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij