२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

श्रीमान राजेन्द्र ! जसले श्रीमतीलाई जिउँदै आगो लगाए

श्रीमान राजेन्द्र ! जसले श्रीमतीलाई जिउँदै आगो लगाए

नेपालगन्ज । सामान्य घर झगडामा एक युवकले श्रीमतीलाई जिउँदै आगो लागाइदिएका छन् ।
नेपालगन्ज १२ खट्कनपुरुवाका २६ बर्षीय राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई मट्टितेल खन्याएर आगो लगाएका हुन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

भारतको गोरखपुर देबरीया माइती भएकी अमिसाको अवस्था निकै गम्भीर छ । उनको अहिले भेरी अन्चल अस्पतालमा उपचार भइरहेको छ । २२ बर्षीय अमिसाको पुरै शरीर जलेको छ । प्रहरीका अनुसार उनको छाती, मुख, हात, घाँटी र गुप्तांगसमेत जलेको छ ।

चिकित्सकका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ ।
उपचारमा संलग्न चिकित्सक दुर्गानन्द अधिकारीका अनुसार अमिसाको उपचार यहाँ सम्भव छैन, तर उनलाई उपचारका लागि बाहिर लैजाने कोही आफन्त छैनन् ।
बिहीबार राती घर झगडा भउपछिराजेन्द्रले बलिरहेको टुकीको मट्टीतेल खन्याएर श्रीमतीको शरीरमा आगो लगाउका थिए । श्रीमतीलाई आगो लगाएपछि राजेन्द्र फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij