
शनिवार राती १२ बजे बाट लागु हुने गरि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटि्टतेलमा २/२ रुपैयाँ वृद्धि गराईएको छ |
मुल्य बढाएपछि पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेललाई ९७ रुपैयाँ प्रति लिटरको दरले तिर्नुपर्नेछ |
भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन । आफू सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले मूलय समायोजन गर्दा नाफा बढाउँदै लगेको छ ।
निगममा हालै मात्र सुरेन्द्र पौडेल प्रवन्ध निर्देशकका रुपमा आएका छन् । घाटामा रहेको उदयपुर सिमेन्टलाई नाफा लगेका कारण नै उनलाई निगममा जिम्मेवारी दिइएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij