
बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ। आगलागी हुँदा करिब दुई लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धवसिंह भाटले जानकारी दिए।
आगलागीबाट ३३ हजार नगद, तीन प्रहरी जवानको लत्ताकपडा र फर्निचरलगायत सामाग्री जलेका छन्। प्रहरी जवान बस्ने टिनको छानोमा बिजुली सट भएर आगलागी भएको प्रहरी प्रमुख भाटले जानकारी दिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij