
मेडिकल क्षेत्रमा सुधारका विभिन्न माग राख्दै पछिल्लो २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले शुक्रबार १६ औँ अनशन तोडेका छन् |
सरकारले तयार पारेको चिकित्सा शिक्षा ऐन फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले तयार पारेको विधेयकको भावना विपरीत संसदमा आएको चिकित्सा शिक्षा ऐन फिर्ता लिनुपर्ने माग गर्दै डा. केसीले इलामबाट अनशन सुरु गर्नुभएको थियो ।
सरकाले डा. केसीले उठाउँदै आएको माग ९५ प्रतिशत पूरा भएको बताउँदै अनशन बसिरहेकै अवस्थामा संसदको दुवै सदनबाट उक्त विधेयक बहुमतले पारित गराएको थियो । १६ औँ पटकको अनशन २४ दिनमा प्रवेश गर्दा पनि सरकारले डा. केसीको जीवन रक्षाका लागि कुनै पहल नगरेपछि नागरिक समाजको पहलमा डा. केसीलाई अनशन ताडाउन आग्रह गरेबमोजिम उहाँले अनशन तोड्र्भको बताइएको छ । यो समाचार आजको नेपाल समाचार पत्रमा प्रकाशित छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij