
युएईमा जरी नेपाल भर्सेज युएई विरुद्दको टि २० शृंखलाको दोस्रो खेलमा नेपालले ४ विकेटको पहिलो जित निकालेको छ | टस जितेर पहिले आफै ब्याटिंगमा आएको युएईले १९.२ ओभरमा सबै विकेट गुमाएर जम्मा १०८ रन बनाएर नेपाललाई १०९ रनको सामान्य लक्ष्य दिएको थियो |
अनुशाशित बलिंग मार्फत युएईलाई सानै लक्ष्यमा रोक्न सफल नेपालले आफ्नो दोस्रो ईनिंगको सुरुवाती तिर भने धर्मराएको थियो | दोस्रो ईनिंगको सुरुको ओभरको दोस्रो बलमा ओपनरको रुपमा आएका पारस खड्कालाई नेपालले शुन्य रनमा गुमाएको थियो | त्यसपछि पनि धर्माराएको नेपाली ईनिंगलाई दिपेन्द्र सिंह एरि र पवन सर्राफले समालेका थिए | ९ ओभरमा ५५ रन को साझेदारी गर्दै पवन र दिपेन्द्रको जोडीले टिमलाई जित दिलाउने प्रयास गरेका थिए | तर १९औं ओभरको पहिलो बलमा पवन सराफ आउट भए पनि त्यसपछि दिपेन्द्रले छक्का र चौका हान्दै जित दिलाए रहे |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij