२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

धनगढी प्रिमियर लिगको खेल तालिका सार्वजनिक

धनगढी प्रिमियर लिगको खेल तालिका सार्वजनिक

आगमी माघ २६ देखि फागुन ११ गते सम्म धनगढी स्थित प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा हुने चर्चित घरेलु क्रिकेट लिग धनगढ़ी  प्रिमियर लिगको तेस्रो संस्करण – डिपिएल ३ को खेल तालिका सार्वजनिक भएको छ ।

तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा करण केसी मार्की प्लेयर रहेको बिराटनगर किंग्स र सोम्पाल कामीको धनगढी स्टार्स बीच हुने भएको छ |

१५ दिन सम्म चल्ने प्रतियोगितामा उद्घाटन , प्ले अफ र लिगचरणका अन्तिम दुई खेल बाहेक अन्यखेलहरु भने प्रति दिन दुई ओटा म्याच गरि मिलाईएको छ|

प्रतियोगिता मा कुल ६ टिम ले सहभागिता जनाउने छ्न । जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij