२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

रोहन मुस्तफा डिपिएलमा धनगढी स्टार्समा

रोहन मुस्तफा डिपिएलमा धनगढी स्टार्समा

अगिल्लो सिजनको डिपिएलमा ब्याटिंग गर्दै रोहन मुस्तफा
अगिल्लो सिजनको डिपिएलमा ब्याटिंग गर्दै रोहन मुस्तफा

यूएईका नियमित कप्तान रोहन मुस्तफालाई धनगढी प्रिमियर लिगमा धनगढी स्टार्सले अनुबंधिंत गरेको छ |आगामी माघ २६ गते देखि धनगढी फाप्ला क्रिकेट स्टेडियममा हुने डिपिएल – ३ को लागि रोहण पुन: डिपिएलमा आफ्नो यात्रा निरन्तरता दिने भएका छन |

सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढीले तेस्रो सिजनका लागि रोहनलाई अनुबन्ध गरेको छ । अगिल्लो सिजनमा म्यान अफ द सिरीज बनेका रोहनले पोखरा प्रिमियर लिगमा बुटवल र एभरेष्ट प्रिमियर लिगमा भने काठमाण्डौ किम्ग्स ११ बाट खेलेका थिए |  टिमका कप्तान पनि सोमपाल कामी नै रहेका थिए ।

अहिले यूएई क्रिकेट बोर्डको सस्पेन्सनमा रहेका रोहन नहुँदा यूएईले नेपाल विरुद्धको एकदिवसीय सिरीज दुई एकले गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij