
नेपालले युएईमा जारी वान डे शृंखलामा २-१ को जित निकाल्दै नेपालले ऐतिहासिक रुपमा शिरिज जितेको हो |
आइसीसीको एकेडेमीमा संचालन भईरहेको वान डे शृंखलामा नेपालले शानदार जित संगै शृंखला आफ्नो कब्जामा भित्राएको छ |
युएईले पुरै ५० ओभर खेल्दै बनाएको उच्च स्कोर २५५ को लक्ष्य नेपालले ४४.४ ओभरमा खेल्दै ४ विकेटको जित निकालेको छ | नेपालको लागि पारस खड्काले आफ्नो वान डे करियरको पहिलो अन्तर्राष्ट्रिय शतक बनाउदै टोलिलाई जित तर्फ डोराएको हुन् |
यस संगै तिन ओटा वान डे सकाएको नेपालले फेब्रुअरी १ देखि भने तिन ओटा टि २० को शृंखला खेल खेल्नेछ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij