२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भेनेज्वेलाको सहानुभूति र अमेरिकाको विरोधको सम्बन्धमा प्रचण्डद्वारा जारी विज्ञप्ति असत्य

भेनेज्वेलाको सहानुभूति र अमेरिकाको विरोधको सम्बन्धमा प्रचण्डद्वारा जारी विज्ञप्ति असत्य

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डद्वारा जारी गरिएको एक प्रेस विज्ञप्ति शंकाको घेरा मुनि रहन पुगेको छ | प्रचण्डले गत माघ ११ गते भेनेज्वेलामा भएको आन्तरिक राजनीतिक प्रक्रियाका क्रममा अमेरिकाले देखाएको समर्थन विरुद्द अंग्रेजी भाषामा कडा भाव सहितको विज्ञप्ती जारी गरेका थिए |

के के आधार छन् त विज्ञप्ति शंकाको घेरामुनी पुग्नुमा?

अंग्रेजीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम लेखिएको आधारिक जस्तो देखिने उक्त प्रेस विज्ञप्तिमा प्रचण्डले नै हस्ताक्षर गरेको जस्तो देखिने गरि अंग्रेजी भाषा मा नै हस्ताक्षर गरिएको छ |
नेकपा अध्यक्षद्वय मध्ये एक अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली पूंजीवादी अर्थतन्त्र अवलम्बन गर्दै आएका विभिन्न औधोगिक देशहरु सम्मिलित विश्व आर्थिक मंचको सम्मेलनमा सहभागी हुनको लागि स्विजरल्याण्डको डावोसमा गएको बेला नेकपा एक अध्यक्ष प्रचण्डद्वरा उक्त वक्तव्य जारी भएको थियो |

नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक जस्तो देखिने लेटरप्याडमा लेखिएको उक्त विज्ञप्तिमा अंग्रेजी भाषामा भेनेज्वेलामा भएको राजनीतिक उथलपुथलका सम्बन्धमा प्रचण्डले निकोलस मादुरोको साथमा रहेको र स्वघोषित कार्यवाहक राष्ट्रपति जुआईन गुवाईड़ो एवम उनको समर्थनमा उत्रिएको शक्तिराष्ट्र अमेरिकाको विरुद्दमा उक्त विज्ञप्ति निकालेका थिए | यी हुन् शंकाका अधारहरु

१. नेपाल जस्तो अति कम विकसित मुलुक जो अमेरिका जस्तो शक्ति राष्ट्रको विरुद्दमा कसरि उत्रन सक्थ्यो ? प्रचण्डले कुन मनाशयमा उक्त विज्ञप्ति निकाले भन्ने नै शंकास्पद रहन पुगेको छ | यदि विज्ञप्ति नै निकालेका हुन्थे भने नेपालबाट कसैले गर्ने प्रतिवाद त्यो स्तरको रहने थिएन | उत्तर कोरियाली शासक किम जोन उन भन्दा बढी शक्तिशाली आवाजमा कसरी विज्ञप्ती आओस् ?

२. विज्ञप्ति गरिएको हस्ताक्षर नै शंकास्पद छ | प्रचण्डले कुनै पनि विज्ञप्तिमा अझै सम्म त्यस्तो प्रकारले हस्ताक्षर गर्ने गरिएको पाईएको छैन | नेपालीमा डीको बिना नै ‘प्रचण्ड’ शब्दमा हस्ताक्षर गर्ने प्रचण्ड उक्त विज्ञप्ति कै लागि अंग्रेजीमा हस्ताक्षर गरेका होलान् त ?
३. प्रचण्ड स्वयम भाईरल ज्वरोबाट पिडित भई अहिले आफ्नै निवासमा आराम गरेको बुझिएको छ | यस सन्दर्भलाई हेर्दा उनी कसरी यो विज्ञप्ति जारी गर्न तम्सिए ?

४. प्रचण्डको नीजी सचिवालयबाट यस विज्ञप्ति प्रकाशित वा अपडेटेड भएको पाईएको छैन | प्रचण्डको आधिकारिक फेसबुक र आधिकारिक ट्वीटर हेन्डल पनि अपडेट गरिएको छैन, जनवरी १८ तारिख देखि | (हेर्नोस् फेसबुक:  https://www.facebook.com/prachanda.nepal   र ट्वीटर https://twitter.com/cmprachanda ) न त नेकपाको आधिकारिक वेभसाइट बाट नै यो समाचार आएको छ | ५. स्विजरल्याण्डबाट हिजो मात्र फर्किएका नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीलाई स्वदेश फर्कने क्रममा विमानस्थलमा पत्रकारले प्रचण्डको यस विज्ञप्ति बारे जिज्ञासा राख्दा ‘भट्टराई लडेर घाईते’ भन्ने एउटा किस्सा सुनाईदिए | उनको तात्पर्य थियो, प्रचण्ड भनेर विज्ञप्ति आउंदैमा उक्त वक्तव्य पुष्पकमल दाहाल’प्रचण्ड’को नहुन पनि सक्छ यद्दपी उनले यसबारे बुझेर पछि जानकारी गराउने भनेका थिए | यसरी समाचार व्यापाक रुपमा भाईरल रहंदा पनि प्रचण्ड र उनको पार्टीको तर्फ यस विज्ञप्तिबाट कुनै पनि खण्डन वा धारणा सार्वजनिक भएको छैन |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij