प्रत्येक वर्ष झै यसपालि पनि २१४६ औं फाग ल्होको अवसरमा बेलकोटगढी -४ दियाले,नुवाकोटमा रहेको छोर्तेनमा ग्याल्बो ल्होसार हुने भएको छ।मिति २०७५ माघ २२ गते हुने उक्त ग्याल्पो ल्होसार निङ्मा साङ्ग गुम्बा र बौद्ध जागरण जिल्ला नुवाकोटको संयुक्त आयोजना रहेको छ।ल्होसार कार्यक्रम बेलकोटगढी नगरपालिकाको प्रमुख राजेन्द्र रमण खनालको प्रमुख आतिथ्यमा हुनेछ।उक्त ल्होसार कार्यक्रममा तामाङ जातिको सास्कृतिक पहिचान झल्किने र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सास्कृतिक बेजोड प्रस्तुति रहने कार्यक्रम आयोजक समितिको अध्यक्ष शेरब लामाले बताउनुभयो।उक्त कार्यक्रममा सम्पुर्ण बौद्ध धर्मावलम्बी र महानुभावहरुमा उपस्थित भैदिनुहुनको लागि समेत लामाले अनुरोध गर्नु भएको छ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij