२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

२०० छक्का हान्ने पहिलो भारतीय क्रिकेटर बने धोनी

२०० छक्का हान्ने पहिलो भारतीय क्रिकेटर बने धोनी

एजेन्सी । भारतका पूर्व कप्तान महेन्द्र सि‌ह धोनीले कप्तानी छोडेको दोस्रो वन डे खेलमा कीर्तिमान राखेका छन्। इंग्ल्यान्डविरुद्ध दोस्रो वन डेमा उनले आफ्नो करिअरको १० औँ शतक ठोके। शतक पूरा गर्नलाई उनले १०६ बल खेलेका थिए।

योसँगै उनले भारतमा वनडे क्रिकेटको ४ हजार रन पूरा गरे। यसो गर्नेे सचिन तेन्दुलकरपछि उनी दोस्रो भारट्टीय क्रिकेटर हुन्। १२२ बलमा १३४ रन बनाएर उनी आउट भए।

तीन वर्ष र तीन महिनापछि धोनीका फ्यानहरुले आज शतक बनाएको देखेका हुन्।

धोनीले २ सय वटा छक्का प्रहार गर्ने पहिलो भारतीय क्रिकेटरको कीर्तिमान पनि राखेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij