
धनगढीर । आज शुक्रबार बिहान कैलालीमा छोराले आफ्नै बुबा र ठूलोबुवाको हत्या गरेका छ ।
लम्कीचुहा नगरपालिका ४, बलियाका जहरीलाल चौधरीले घरमै बसिरहेका बुबा चक्र थारु र ठूलोबुबा पल्टु थारुको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जहरीलालको कुटाईबाट उनकी आमा दिलबहादुरी घाइते भएकी छन् । उनको टाउँको र बाँया कानमा चोट लागेको । उनको आमा स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । घटनामा संलग्न जहरीलाललाई प्रहरीले नियन्त्रणमा लिइसको छ । स्थानीयका अनुसार जहरीलालको मानसिक सन्तुलन गुमाएका ब्यक्ति हुन् ।
घटनास्थलमा रहेको प्रहरीले उनको कोठामा मदिरा भेटिएको र घटनाबारे जहरीलाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij