२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ट्रक र स्कुल बस ठोक्किँदा २४ बालबालिकाको मृत्यु, २२ घाइते

ट्रक र स्कुल बस ठोक्किँदा २४ बालबालिकाको मृत्यु, २२ घाइते

एजेन्सी । भारतको उत्तर प्रदेशमा विहीबर बिहान ट्रक र स्कुल बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा २४ जना बालबालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा अरु २२ जना घाइते भएका छन् ।

उत्तर प्रदेशको अलिगन्ज जिल्लाको असदपुर गाउँमा बाक्लो कुहिरोका कारण दुर्घटना भएको बताइएको छ । दुर्घटनामा बसमा सवार बालबालिका र ट्रक चालकको मृत्यु भएको हो ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

उत्तर प्रदेशमा केही सातादेखि मौसममा खराबी आएकाले यातायात सन्चालनमा कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij