२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

फेसबुकमा लाइभ दिँदै एक युवकले गरे आत्महत्या

फेसबुकमा लाइभ दिँदै एक युवकले गरे आत्महत्या

चितवनमा एक युवकले  फेसबुकमा लाइभ दिँदै आफ्नो प्राण त्याग गरेको घोषणा औपचारिक रूपमा गरेका छन् ।  रातीको अन्दाजी साँढे नौ बजे आत्महत्या गर्ने घोषणा गरेका पूर्वी चितवनको कालीका नगरपालिकाका वर्ष २६ को युवक निश्चल तामाङले रातीको एक बजे आफ्ना साथीहरूलाई फेसबुक लाइभ देखाइ आत्महत्या गरेका हुन् ।

बिहान करिब १ बजे बुबा जीवन तामाङलाइ छोराको कोठामा गएर हेर्नु त अङ्कल भनेर छोराका साथीहरूले कराउन थालेपछि उनी छोराको कोठामा पुगेका थिए । तर, कोठामा पुग्दा छोरा झुन्डिएको अवस्थामा देखेको उनले बताए । म निद्रामा थिएँ । मोबाइलमा धेरै कल आएछ थाहा पाइन । सदा झैँ आइतबार राति पनि निश्चलको कोठाबाट गुनगुन आवाज आइरहेको थियो । घरमा बुवा आमा, काकाकाकी, हजुरबा आफ्नै धुन र निन्द्रामा मस्त थिए । बाबुले निश्चलको अंग्रेजी बोली सुने तर बुझेनन् ।

उनलाई लाग्यो कोही साथीभाइहरूसँग कुराकानी गरिरहेको छ होला । तर, खासमा उनी फेसबुकमा लाइभ गर्दै थिए । ‘उसको एक जना विदेशी साथी थियो । घरमा पनि एक पटक आएको थियो । ऊसँग बोल्दा अंग्रेजी नै बोल्थ्यो । साथीसँग नै बोल्दै होला भन्ने लाग्यो ।  बुवा जीवन तामाङका अनुसार, निश्चल एक लागू औषध सेवन कर्ता पनि थिए । उनको यो कुलत हटाउन तीन महिना अगाडि सानिमाले काठमाडौँस्थित एक सुधार केन्द्रमा लगेर राखेकी थिइन । उनी भन्छन्, ‘सुधार केन्द्रबाट फर्किएपछि केही ठिक भएको थियो । १५ दिन अगाडि मात्र फेरि काठमाडौँ गएको थियो । फर्केर आउँदा उस्तै भएछ । चार–पाँच दिनदेखि छोरा कोठामा एक्लै बस्ने र बाहिरसमेत ननिस्कने गरेको उनी बताउँछन् । छोराले आत्महत्या गरेको देखेपछि कोठामा पुगेका बुबाले तत्काल प्रहरीलाई फोन गरेका थिए । जुटपानीमा रहेको प्रहरी चौकीबाट सईको कमान्ड टोली तुरुन्तै घटनास्थल पुगेको थियो ।

चौकीका सई शम्भु चौधरीसहितको टोली त्यहाँ पुग्दा निश्चलले आत्महत्या गरिरसकेका थिए । चौधरीले भने,ु मोबाइलबाट फेसबुक लाइभ गरी आत्महत्या गरेका रहेछन् । प्रहरी घटनास्थलमा पुग्दा कोठामा फोन र रक्सीको बोतल मात्रै थियो । फेसबुकले झुण्डिएको अन्तिम भिडियो भने उनको प्रोफाइलबाट हटाइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij