काठमाडौं । नेपाली डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेलाई ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड’ दिइएको छ। राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डेले अन्तर्राष्ट्रिय डकुमेन्ट्री विधामा ‘उत्कृष्ट निर्देशक अवार्ड’ जितेका हुन्।
बुधबार भारतको जयपुरमा भएको तेस्रो राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डेले प्राकृतिक प्रकोपको समयमा पनि डकुमेन्ट्रीका लागि गरेको मेहनतको चर्चा भयो।
उत्कृष्ट निर्देशकको अवार्डका लागि नेपाल, इटली, भारत, अफगानिस्तान, फ्रान्सका फिल्ममेकरहरु मनोनीत थिए।
२०७२ वैशाखमा नेपालको भूकम्पमा परेर पनि बाँच्न सफल पात्रको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। त्यस्तै ३२ देशमा प्रदर्शनका लागि छानिएको छ।
यही साता अमेरिकाको एशियन्स अन फिल्म फेस्टिभल र बंगलादेशको ढाका इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि भाग्यले बाँचेकाहरु अवार्डका लागि मनोनित भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij