२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

आजदेखि हुन्डाई गाडीको एक्सचेन्ज क्याम्प, बिभिन्न उपहार योजना पनि समाबेश

आजदेखि हुन्डाई गाडीको एक्सचेन्ज क्याम्प, बिभिन्न उपहार योजना पनि समाबेश

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले तिन दिन लामो एक्सचेन्ज क्याम्प कार्यक्रम ल्याएको छ ।

माघ ६ गते बिहिबार देखि माघ ८ गते शनिबारसम्म हुन्डाई ब्राण्डका सबै मोडलहरुमा लागुहुने गरि राष्ट्रब्यापि रुपमा सो कार्यक्रम आयोजना हुने भएको हो । ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सो एक्सचेन्ज क्याम्प कार्यक्रम ल्याएको हो ।

एक्सचेन्ज सँगै, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहक सामु नगद छुट, एक वर्षे गाडी बीमा, रोड ट्याक्स, लोयल्टी बोनश, स्पेशल इन्ट्रेस्ट रेट र एक्सचेन्ज बोनश हरेक गाडीको बिक्रीसँगै प्रदान गर्ने छ । यस कार्यक्रममा एक्सचेन्जका साथै टेस्ट ड्राइभ एण्ड विन र मनोरञ्जनका कार्यक्रमहरु समेत रहेको छ ।

कार्यक्रम अवधिमा टेस्ट ड्राइभ गरेका मध्ये, हरेक दिन लक्की–ड्र मार्फत एक भाग्यशाली ग्राहकलाई सामसुङ ग्यालेक्सी जे ७ स्मार्ट फोन प्रदान गरिने छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सेल्स एण्ड मार्केटीङ डिजिएम रुपेश शर्मा भट्टका अनुसार ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुन्डाई तल्लीन रहेको बताए । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।

कम्पनीका अनुसार यस योजना देशभरका हुन्डाई डिलर नेटवर्कमा लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij