
काठमाडौं । दशैँमा उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन्।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ५ गतेदेखि नै अग्रिम बुकिङ गर्ने सहमति भए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै समिति र कम्पनीहरुले बुकिङ गरेका थिएनन्। व्यवसायी र सरकारबीच दश प्रतिशत भाडा बढाउने सहमति भए अनुसार मंगलबारदेखि बुकिङ खुला भएको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij