
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र वेष्टह्यामबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा गोल गर्न नसक्दा चेल्सीले छैटौं खेलमा जित निकाल्न सकेन । वेष्टह्यामको घरेलु मैदान लण्डन रंगशालामा ७२ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिए पनि पाहुना टोली चेल्सी गोल गर्न असफल भयो ।
एकपछि अर्को चेल्सीका प्रहारलाई वेष्टह्यामले विफल पारेको थियो । गोलरहित बराबरीपछि दुबै टोलीले अंक बाँडेका छन् । ६ खेलबाट १६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा यथावत् छ । वेष्टह्याम ४ अंकसहित १७ औं स्थानमा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij