२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

निर्मला हत्या प्रकरणः दुई डिएसपी सहित पाँच प्रहरी निलम्वित

निर्मला हत्या प्रकरणः दुई डिएसपी सहित पाँच प्रहरी निलम्वित

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान कार्य जिम्मेवारीपूवर्क नगरेको भन्दै गृह मन्त्रालयले पाँचजना प्रहरीलाई निलम्बन गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपीसहित पाँच जना प्रहरीलाई निलम्बन गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको प्रेस विज्ञप्तीमा कञ्चनपुर भीमदत्त नगरपालिका २ की निर्मला पन्तको हत्या र त्यसपछिका विकसित घटनाहरुका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेस गर्न बनेको समितिले प्रारम्भिक प्रतिवेदन पेस गरिसकेको जानकारी दिएका छन् ।

उक्त प्रतिवेदनमाले बालिका हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मी समेतलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हुँदा यअसअघि नै निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टका अतिरिक्त सो कार्यमा खटिएका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदिशचन्द्र भट्ट, प्रहरी निरीक्षक ऐकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरी अनुसन्धान कार्य अघि बढाउन निर्देशन दिइएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij