२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

दिदी–बहिनीमाथि तेजाब प्रहार

दिदी–बहिनीमाथि तेजाब प्रहार

चन्द्रपुर–६ का दिदी–बहिनी १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासमाथि तेजाब प्रहार भएको छ । 

गर्मीको समय भएकाले घरको ढोका खुलै राखेर सुतेका दिदी बहिनीमाथि २६ भदौ राति करिब साढे १२ बजे तेजाब प्रहार भएको उनीहरुका बुवा जादो दासले जानकारी दिए । तेजाबले उनीहरुको अनुहार, अाँखा र टाउकोमा गम्भीर घाउ बनाएको छ ।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंको कीर्तिपुर अस्पतालमा ल्याइएका उनीहरुमध्ये बहिनी सुस्मिताको अवस्था गम्भीर छ ।

तेजाब कसले किन प्रहार गर्‍यो भन्ने बारे हालसम्म थाहा नलागेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij