२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

९ देश चिर्दै १८ दिनपछि चीनको रेल पहिलो पटक बेलायत पुग्यो

९ देश चिर्दै १८ दिनपछि चीनको रेल पहिलो पटक बेलायत पुग्यो

काठमाडौँ । चीनबाट बेलायतका लागि शुरु गरिएको मालबाहक रेल सेवा अन्तर्गत पहिलो रेल बेलायत पुगेको छ । करिब १२ हजार किलोमिटरको दुरी तय गरेर रेल बुधबार च्यानल टनेल पुग्नेछ ।
चीनको यीवु टाइमेक्स इन्डसट्रियल इन्भेस्टमेन्ट कम्पनीले शुरु गरेको सेवा विभिन्न ९ देश हुँदै १८ दिनपछि बेलायत पुगेको हो ।

रेल पूर्वी चीनको झेजियाङ प्रान्तबाट छुटेको थियो । यो रेल सेवा कजाकस्तान, रसिया, बेलारुस, पोल्याण्ड, जमर्नी बेल्जियम, फ्रान्स र च्यानल टनेल हुँदै बेलायत पुग्नेछ ।

यसको गन्तव्य बेलायतको एसेक्स हुनेछ । यो रेल सेवा शुरु भएपछि हवाई मार्गबाट गरिने सामान ढुवानीको लागत भन्दा आधा लाग्नेछ । योसँगै पूरानो सिल्क रोड ट्रेडिङ रुटको पनि पुनरावृत्ति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij