२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

संगठित अपराध अहिलेको मुख्य चूनौति हो : प्रधानमन्त्री दाहाल

संगठित अपराध अहिलेको मुख्य चूनौति हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संगठित अपराध अहिलेको मुख्य चुनौती भएको बताएका छन्।

बुधबार काठमाडौंमा अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको २३ औं एसिया प्यासिफिक सम्मेलनको बुधबार उदघाटन गर्दै प्रधानमन्त्री दाहालले भने,‘अन्तरदेशीय र संगठित अपराध नियन्त्रण गर्न हरेक देशका कानून कार्यान्वयन गर्ने निकायबीच समन्वय हुनु जरुरी छ।’

तीन पर्यवेक्षकसहित एसिया प्यासिफिक क्षेत्रका इन्टरपोल प्रमुखहरुको उपस्थिति रहेको सम्मेलनमा उनले अहिलेको समयमा अन्तरदेशीय अपराध र संगठित अपराध सबैको लागि चुनौति भएको बताए ।

उनले आतंककारीहरु प्रविधिको प्रयोगमा निक्कै अगाडि रहेको भन्दै इन्टरपोलमा आवद्ध प्रहरी संगठनबीच पनि सूचना र प्रविधिको पहुँच र आदानप्रदान जरुरी रहेको बताए।

३ दिनसम्म चल्ने सम्मेलनमा ५५ मुलुकका २ सय ५० भन्दा बढी अधिकारीहरुको सहभागिता रहनेछ। यसअघि नेपालमा २०४५ सालमा १० औं सम्मेलन भएको थियो। यस अघि यस्तै सम्मेलन सिंगापुरमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij