२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

राहुल गान्धी काठमाडौँमा, भोलि पशुपति दर्शन गर्ने

राहुल गान्धी काठमाडौँमा, भोलि पशुपति दर्शन गर्ने


काठमाडौँ । भारतको सत्तारुढ नेता र प्रतिपक्षी नेता दुवै नेपालको राजधानीमा एकै साथ भएको अनौठो संयोग जुरेको छ।

बिम्स्टेक सम्मेलनका लागि नेपालमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजै नयाँ दिल्ली फर्कनुअघि नै प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी पनि काठमाडौँ पुगेका हुन्।

करिब दुई बजे काठमाडौँ आइपुगेका गान्धी होटल र्‍याडिसनमा बसेका छन्।

गान्धी मानसरोवर यात्रामा निस्कने खबर यसअघि नै सार्वजनिक भइसकेको भए पनि उनले नेपालको साटो चिनियाँ बाटो भएर जाने खबर भारतीय मिडियाले दिएका थिए। यसका लागि उनले भारतीय विदेश मन्त्रालयबाट अनुमतिसमेत लिइसकेको भनिएको थियो।

१२ देखि १५ दिनसम्म लाग्ने कैलाश मानसरोवर यात्राको रुटको विस्तृत विवरण सुरक्षाका कारण सार्वजनिक गरिएको छैन। गान्धीले भोलि पशुपतिनाथ मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम हुन सक्ने अनौपचारिक जानकारी स्रोतहरुले दिएका छन्। उनी भोलि नै मानसरोवर यात्राका लागि जाने छन्।

गान्धीकी आमा सोनिया गान्धीलाई पशुपति दर्शन गर्न नदिएका कारण तत्कालीन भारतीय प्रम राजीव गान्धी र राजा वीरेन्द्रबीच सम्बन्ध चिस्सिएको विश्लेषण गर्ने गरिन्छ। सोनिया हिन्दु नभए पनि राहुल गान्धी भने हिन्दु धर्मावलम्बी र शिवभक्त हुन्।

गएको अप्रिल २६ तारिखमा कर्नाटक राज्यको चुनावका क्रममा उनी सवार विमान प्राविधिक खराबीका कारण दुर्घटनाको मुखमा पुग्दा उनले कैलाश मानसरोवर यात्रा गर्ने भाकल गरेका थिए। पछि विमान सुरक्षित अवतरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij