२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पहिरोमा परी ओखलढुंगामा एकै परिवारका ४ जनाको मृत्यु

पहिरोमा परी ओखलढुंगामा एकै परिवारका ४ जनाको मृत्यु


ओखलढुंगा । अविरल वर्षापछि आएको पहिरोले ओखलढुंगामा एक घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

ओखलढुंगाको मेलुङ गाउँपालिका–८ स्थित खिम्तीका पूर्णबहादुर राईको घर बुधबार राति पहिरोले पुरिँदा राई सहित ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ५० वर्षीय पूर्णबहादुरसहित ४५ वर्षीया उनकी श्रीमती धनकुमारी राई, ३ वर्षीय छोरा अशिष र शारीरिक अस्वस्थता रहेकी पूर्णकी दिदी ५५ वर्षीया मित्रमाया रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij