२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारतीय राजनीतिका भीष्मपिताहको अवसान

भारतीय राजनीतिका भीष्मपिताहको अवसान

आफ्नो ९३ सालको सार्थक जीवनयात्रा पूरा गरी अटल बिहारी बाजपेयीले देह त्याग गरे । उनको जीवनयात्रा एउटा यस्तो व्यक्तित्वको यात्रा हो, जसले सधैं देशको सभ्यता, संस्कृति, समाज र राजनीतिका निम्ति मात्रै बाँच्ने काम गरे । सैद्धान्तिक राजनीति, दृढ निश्चय तथा समर्पणका लागि ख्याति प्राप्त तर पद र सत्ताका निम्ति अप्राकृतिक एवं अनैतिक गठबन्धनलाई तुच्छ ठान्ने, इमानदार एजं सर्वप्रिय नेता अटल बिहारी बाजपेयीको जीवनगाथा वर्तमान पिढीका लागि आदर्श एवं प्रेरणाको स्रोत हुन सक्छ । परिवारवाद, जातिवाद, अवसरवाद र भ्रष्टाचार नै राजनीतिको अभिष्ट बनिसकेको वर्तमन युगमा प्रत्येक सिद्धान्तवादी राजनीतिज्ञ एवं सच्चा राष्ट्रभक्तका निम्ति बाजपेयी आदर्श नेता हुन् । भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित बाजपेयी तीन पटकसम्म भारतको प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे । १० पटकसम्म सांसदको रूपमा निर्वाचित उनको संसदीय यात्रा पनि चार दशकभन्दा लामो रहयो । भारतीय राजनीतिमा ‘अजात शत्रु’को संज्ञाले विभुषित वाजपेयीको वाकपटुता, बेजोड भाषणकला, इमानदारी एवं सबैसित स्नेहयुक्त मित्रवत् व्यवहारका कारण उनी सबैका निम्ति प्रिय थिए । उनलाई देशका सबै राजनीतिक दलका नेताहरूले निकै आदर एवं सम्मान गर्थे । भारतीय राजनीतिमा अटल बिहारी वाजपेयीको स्थान अरू कसैले लिन सक्दैन ।

एक साधारण विद्यालय शिक्षकको सुपुत्र वाजपेयीले आफ्नो कैरियरको थालनी पत्रकारका रूपमा गरेका थिए । ‘भारत छोडो’ आन्दोलनमा सहभागी भएका कारण उनी पक्राउ पनि परेका थिए । तत्कालिन भारतीय प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीले देशमा संकटकाल लागू गरेका समय पनि उनी पक्राउ परेका थिए । सत्ताभन्दा बढी प्रतिपक्षमा समय बिताएका वाजपेयी सन् १९५७ देखि लिएर सन् २००९ सम्म संसद सदस्यको रूपमा १० पटक निर्वाचित भएका थिए । कठिन संघर्ष एवं चुनौतीहरूको मुकाबिला गरेर मात्रै उनी प्रधानमन्त्री बनेका थिए । आफ्नो राजनीतिक अभिष्टका लागि मात्रै उनले राजनीति गरेनन् । देशको विकास उनको प्राथमिकतामा थियो । पद एवं सत्ताका लागि पार्टी फुटाउने, गठबन्धन बनाउने तथा बेमेल राजनीति गठबन्धन कहिल्यै गरेनन् ।

भारतको विदेश मन्त्रीको रूपमा संयुक्त राष्ट्रसभाको साधारणसभामा उनले आफ्नो मातृभाषा हिन्दीमा दिएको सम्बोधनका कारण उनी देश एवं विदेशमा निकै लोकप्रियता हासिल गरे । अंग्रेजी भाषामा पनि राम्रो दख्खल राखेका उनले हिन्दीलाई संयुक्त राष्ट्रसंघमा मान्यता दिलाउन चाहन्थे । १७ अगस्त, सन् १९९४ मा सर्वश्रेष्ठ सांसद चुनिएपछि उनले दिएको सम्बोधनमा अन्य व्यक्तिको सम्मानमा बोल्दा सहज हुने गर्छ । तर आप्mनो सम्मान कार्यक्रममा शब्द खोज्न गाह्रो हुँदो रहेछ भन्दै आफ्नो सीमाबारे आफूलाई थाहा भएको र आफूभित्र रहेको कमी–कमजोरीको पनि अनुभूति रहेको भन्दै आफैले आफ्नो आलोचना गरेका थिए । निर्णायकहरूले अवश्य पनि मेरा कमी–कमजोरी तथा अयोग्यताको वास्ता नै नगरी मलाई सर्वश्रेष्ठ सांसदका रूपमा छनौट गरेका छन् भन्दै आफ्नो उच्च मूल्यांकन भएको मनसाय राखेका थिए । वाजपेयीले यो देश पनि अनौठो छ, बडो अद्भूत छ । कुनै पनि ढुंगामा सिन्दुर लगाएर अभिवादन गर्न सकिन्छ भन्दै आफ्नो सम्मान र प्रशंसामा प्रफुल्लित हुनुको सट्टा स्वयंले आफ्नो कमी–कमजोरीको उजागर गरेका कारण पनि उनको महान व्यक्तित्वलाई दर्शाउँछ ।

पहिलोपटक दक्षिणी छिमेकी राष्ट्र भारतलाई ६–७ प्रतिशतसम्मको स्थिर जिडीपी वाजपेयीकै शासनकालमा हासिल भएको थियो । उनले पूर्व प्रधानमन्त्री पिभी नरसिंह राव तथा तत्कालिन वित्तमन्त्री डा. मनमोहन सिंहको आर्थिक नीतिलाई निरन्तरता दिने काम गरे । आर्थिक मोर्चामा उनले व्यावहारिक उदारीकरणको सहारा लिए । भारतको सडक यातायातमा देखिएको चमत्कारिक परिवर्तन पनि वाजपेयीकै देन हो । स्वर्णिम चतुर्भज योजनाअन्तर्गत पूर्वदेखि पशिचम तथा उत्तरदेखि दक्षिणसम्म फराकिलो राजमार्गको निर्माण पनि उनकै देन हो । प्रधानमन्त्री ग्राम सडक योजनाअन्तर्गत भारतको गाउँ–गाउँमा सडकको निर्माण भई एक गाउँलाई अर्को गाउँसित जोड्ने काम भएको छ । देशको यातायातलाई सुगम बनाउनमा उनको सरकारको भूमिका महŒवपूर्ण थियो । सर्वशिक्षा अभियानअन्तर्गत सबैलाई शिक्षा दिलाउने उनको योजनाले भारतको साक्षरता दरलाई त्रीवगतिमा बढाउनमा मद्दत गरेको छ ।

यस क्षेत्रमा स्थायी शान्ति कायम भएमा मात्रै आर्थिक विकास सम्भव छ भन्ने उनको मान्यता थियो । उनले पाकिस्तानसित राम्रो सम्बन्ध बनाउने प्रयास गरे । लाहौरसम्मको बस–यात्रा सुरु गरेर उनले पाकिस्तानसित मित्रता कायम गर्नका हात बढाएका थिए, तर पाकिस्तानले भारतको काश्मिरको विकट पहाडी क्षेत्र कारगिलमा आफ्ना सैनिकलाई पठाई भारतलाई युद्धका निम्ति उक्साउन काम गरेको थियो । कारगिल युद्धमा पाकिस्तानले आफ्नो हजारौँ सैनिक गुमाई पराजय भोग्नुप¥यो । तर पनि वाजपेयीले मित्रताको प्रयास गर्दै रहे ।

वाजपेयीले यो देश पनि अनौठो छ, बडो अद्भूत छ । कुनै पनि ढुंगामा सिन्दुर लगाएर अभिवादन गर्न सकिन्छ भन्दै आफ्नो सम्मान र प्रशंसामा प्रफुल्लित हुनुको सट्टा स्वयंले आफ्नो कमी–कमजोरीको उजागर गरेका कारण पनि उनको महान व्यक्तित्वलाई दर्शाउँछ ।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय वायुसेवाको विमानलाई अपहरण गरी पाकिस्तानी आक्रमणकारीहरूले तालिवान शासनको क्षेत्रमा लगेका कारण भारतले सैकडौँ निर्दोष नागरिकको ज्यान जोगाउन भारतीय जेलमा रहेका खुँखार आतंकवादीलाई रिहा गर्नुपरेको थियो तर पनि वाजपेयीले पाकिस्तानसँग मित्रताको प्रयास गर्दै रहे । भारतको आगरामा तत्कालिन पाकिस्तानी राष्ट्रपति जनरल परवेश मुशर्रफसित सकारात्मक वार्ता पनि भएको थियो । भारतको मित्रता प्रयासलाई त्यतिबेला ठूलो आघात पु¥याउने काम भयो । जब पाकिस्तानका केही आतंकवादीहरूले भारतको संसदमा नै आक्रमण गरे । यस घटनाले वाजपेयीसहित भारतीय राजनीतिज्ञलाई यति बढी विचलित गरायो कि त्यसपछिका दिनमा पाकिस्तानसित राम्रो सम्बन्ध बनाउने दिशामा भारतको तर्फबाट सोच्ने काम पनि भएन् । वाजपेयीको शान्ति प्रयासलाई सकारात्मक रूपमा नलिएका कारण विगतको दु्ई दशकमा पाकिस्तानले ठूलो क्षति उठाउनुप¥यो । वर्तमान अवस्थामा ऊ पश्चिमेली जगतबाट एक्लिएको अवस्था छ । भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पनि अटल बिहारी वाजपेयीकै शिष्य हुन् । मोदीले पाकिस्तानलाई अन्तर्राष्ट्रिय जगतमा कमजोर बनाउनमा प्रभावशाली कूटनीति अख्तियार गरेका छन् ।

वाजपेयीले चीनसित राम्रो सम्बन्ध बनाए । वाजपेयीको चीन भ्रमण पश्चात नै सिक्किमको बारेमा चिनियाँ धारणामा ठूलो परिवर्तन आएको देखियो । उनले चीनसितको द्वीपक्षीय व्यापार सम्बन्धलाई बलियो बनाउका निम्ति मित्रता कायम गरे । चीनसितको सिमाना विवादलाई पनि समाधान गर्ने धेरै प्रयास गरे । वाजपेयीले सार्कको विकासका निम्ति मुक्त व्यापार, खुला सिमाना, साझा मुद्रा र सुरक्षाको क्षेत्रमा परस्पर सहयोगको प्रस्ताव गरेका थिए । सार्कको विकासप्रति उनी प्रतिवद्ध थिए ।
अटलबिहारी वाजपेयी प्रधानमन्त्री बनेपछि उनले भारतलाई शक्तिशाली बनाउन पोखरणमा आणविक परीक्षण गरेर विश्वलाई आफ्नो देश आणविक शक्ति राष्ट्र भएको परिचय गराएका थिए । आणविक परीक्षण पश्चात अमेरिका ब्रिटेन र क्यानडालगायतका देशहरूले भारतमाथि कठोर आर्थिक प्रतिबन्ध लगाउने घोषणा ग¥यो तर बाजपेयीले त्यसको वास्ता नै गरेनन् ।

सुशासनको अवधारणाको उद्भव पनि वाजपेयीकै शासनकालमा भारतमा भएको हो । न्यूयोर्कमा एशिया सोसाइटीको कार्यक्रममा उनले व्यक्ति विशेषको सशक्तिकरणको अर्थ राष्ट्र सशक्तिकरण बताएका थिए र यो तीव्र आर्थिक एवं तीव्र समाजिक परिवर्तनबाट मात्रै सम्भव हुने बताएका थिए । भारतको केन्द्र सरकारले अटल बिहारी वाजपेयीको जन्मदिन २५ डिसेम्बरलाई सुशासन दिवसको रूपमा मनाउने घोषणा गरेको छ । अटलबिहारी वाजपेयीको काव्यमय भाषा, अभिव्यक्ति र भाषणशैलीले आमजनतालाई सहजै आकर्षित गर्दथ्यो । ‘इच्छा हुन्जेलसम्म बाँचिन्छ र इच्छा भए मात्रै मर्छु’ भन्ने कुरालाई उनले आफ्नो कवितामा पनि उल्लेख गरेका थिए । साँच्चै उनी भारतीय राजनीतिका भिष्म पितामह थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij