
काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्ट विम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका छन् ।
१४ र १५ भदौमा काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) मा सहभागी हुन उनी आज काठमाडौं आइपुगेका हुन् ।
उनलाई उपप्रधान एवम् रक्षा ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
भोलि, १३ भदौमा श्रीलंकाका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटान सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउनेछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन १४ भदौमा मात्र काठमाडौं आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij