२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एनआइसी एसिया बैंकको नाफा ७२ करोड १४ लाख

एनआइसी एसिया बैंकको नाफा ७२ करोड १४ लाख

काठमाडौं । एनआइसी एसिया बैंकले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले जारी गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७२ करोड १४ लाख चार हजार रूपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकले अघिल्लो आवको दोस्रो त्रैमासमा ५० करोड २० लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । पाँच अर्ब ८१ करोड ९६ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको अघिल्लो आवको सोही अवधिमा तीन अर्ब ६९ करोड रुपैयाँ रहेको थियो ।

बैंकको जगेडा कोषमा दुई अर्ब ६४ करोड ७९ लाख ५६ हजार रुपैयाँ रहेको छ । बैंकले एक अर्ब १५ करोड ३८ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिा ८४ करोड ११ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा छ भने प्रति सेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ५० पैसा रहेको छ । शून्य दशमलव ७२ प्रतिशत खराब कर्जा रहेको बैंकको अघिल्लो आवमा एक दशमलव ४० प्रतिशत रहेको थियो । यो अवधिमा बैंकको खराब कर्जा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij