२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

रहस्य नै रहने भयो हराएको मलेसिया एयरलाइन्सको विमान, खोजी कार्य बन्द गर्ने निर्णय

रहस्य नै रहने भयो हराएको मलेसिया एयरलाइन्सको विमान, खोजी कार्य बन्द गर्ने निर्णय

सिड्नी । हराइरहेको मलेसिया एयरलाइन्सको एमएच ३७० विमानको खोजी कार्य बन्द गरिएको छ । उक्त विमानका यात्रुको परिवारलाई खोजी कार्य बन्द गरिएको जानकारी गराइएको हो ।

मंगलबार विज्ञप्ति सबै परिवारहरुलाई इमेलबाट विज्ञप्ति पठाउँदै अधिकारीहरुले दक्षिणी हिन्द महासागरमा भइरहेको पानीमूनिको खोजी कार्य बन्द गर्ने जानकारी दिएका छन् ।

खोजी कार्य विगत दुई वर्षभन्दा बढीदेखि जारी थियो । विज्ञप्तिमा मलेसिया, चीन र अस्ट्रेलियाका यातायात मन्त्रीहरुले हस्ताक्षर गरेको गार्जियनले जनाएको छ ।

उक्त विज्ञप्तिमा विज्ञानमा उपलब्ध हरसम्भव प्रविधिदेखि विज्ञहरुको प्रयोग गरेर खोजी गर्दा पनि दुर्भाग्यवस विमान नभेटिएको उल्लेख गरिएको छ ।

‘पानी मूनिको खोजी कार्य बन्द गर्नुलाई हल्का रुपमा लिएका छैनौँ र यो भनिरहँदा हामी निकै दुखित पनि छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

मलेसिया एयरलाइनको उक्त विमान सन् २०१४ को मार्च ८ मा क्वालम्पुरदेखि बेइजिङका लागि उडेको थियो । तर, उडान भरेको केही समयमा नै रडारबाट हराएको थियो । विमान हिन्द महासागरमा खसेको अनुमान गरिएको छ । घटनामा विमानमा सवार २३९ जनाको मृत्यु भएको थियो ।

यसबीच अस्ट्रेलियादेखि दक्षिण अफ्रिकासम्म समुद्रले बगाएका विमानका टुक्राहरु फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij