
काठमाडौं । भदौ १ गतेदेखि सञ्चालनमा आएको कलंकीको अन्डरपास बुधबारबाट बन्द भएको छ। केही प्राविधिक कामहरू नसकिएकाले साता दिनका लागि बाटो बन्द गरिएको चक्रपथ सुधार आयोजनाले जनाएको छ।
भदौ महिनाभित्र अण्डरपास फिनिसिङ सक्ने लक्ष्य लिइएको छ। आयोजनाका अनुसार अण्डरपास सञ्चालन भएपनि फिनिसिङ सकिएपछि भव्य रुपमा उद्घाटन गरिने छ। कलकीं चोककमा निर्माण भएको अण्डरपास चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको हो।
‘भित्र दायाँबायाँ लाइट राख्नेलगायत प्राविधिक काम र पिच गर्न पनि बाँकी छ, त्यसका लागि हप्ता दिन लाग्छ भनेकाले आजदेखि सवारी बन्द गरेका छौं,’ ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक विमलकुमार थापाले भने,‘अन्डर पास बन्द भएपछि जाम बढेको छ।’
यो नेपालको पहिलो अन्डरपास हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij