२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

यूईएफएको मेन्स प्लेयर अफ द ईयरको अन्तिम मनोनयन सार्वजनिक

यूईएफएको मेन्स प्लेयर अफ द ईयरको अन्तिम मनोनयन सार्वजनिक

काठमाडौं । यूईएफएले सन् २०१७/१८ सीजनका लागि सर्वोत्कृष्ट पुरुष खेलाडी (मेन्स प्लेयर अफ द ईयर) को अन्तिम मनोनयन प्रकाशित गरेको छ । मनोनयनमा लियोनेल मेस्सी परेका छैनन् ।

तीन खेलाडीको शर्टलिस्टमा लुका मोड्रिच, क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाह परेका छन् ।

अघिल्लो सीजनको च्याम्पियन्स लीग र युरोपा लीगमा भाग लिएका क्लबका ८० प्रशिक्षकको जुरीले शर्टलिस्टलाई अन्तिम रूप दिएको थियो ।

यसको नतिजा अगस्ट ३० अर्थात् भदौ १४ गते यो सीजनको च्याम्पियन्स लीग समूह चरणको खेलतालिका सार्वजनिक गरिने बेलामा घोषणा गरिनेछ ।

मेस्सीले दुईचोटि, रोनाल्डोले तीनचोटि अनि फ्रान्क रिबेरीले एकचोटि यो पुरस्कार जितेका छन् ।

सन् २०११ देखि दिन थालिएको यो पुरस्कारमा शर्टलिस्ट हुने सलाह प्रिमियर लीगको पहिलो खेलाडी हुन् । उनी अन्तिम तीनमा पुग्ने पहिलो अफ्रिकी खेलाडी समेत बनेका छन् ।

यी इजिप्सियन विंगर च्याम्पियन्स लीगको फाइनलमा पुगेका थिए र लिभरपूलको पहिलो सीजनमा कीर्तिमान ४४ गोल गर्न सफल भएका थिए ।

मोड्रिचले चाहिँ क्रोएसियालाई रुसमा भएको विश्वकपको फाइनलमा पुग्न योगदान गरेका थिए । उनको प्रभावशाली प्रदर्शनका लागि विश्वकपमा गोल्डेन बल पनि दिइएको थियो ।

रोनाल्डो चाहिँ रियाल मड्रिडलाई लगातार तेस्रोपटक च्याम्यिन्स लीग जिताएकाले शर्टलिस्टमा परेका हुन् ।

यी तीनपछि एन्टोइन ग्रीजम्यान, लियोनेल मेस्सी, किलियन एम्बाप्पे, केभिन डी ब्रुइना, रफाएल भराने र सर्जिओ रामोस सूचीमा परेका थिए ।

बाजी लगाउनेहरूले मोड्रिचले यो पुरस्कार जित्ने अनुमान लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij