२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आर्मी अफिसर्स क्लब अब सर्वसाधारणका लागि बन्द

आर्मी अफिसर्स क्लब अब सर्वसाधारणका लागि बन्द


काठमाडौं । नेपाली सेनाले आफ्नो मुख्यालय (जङ्गी अड्डा)मा रहेको अफिसर्स क्लब (पार्टी प्यालेस)मा सर्वसाधारणलाई ‘निषेध’ गरेको छ । यस अघि काठमाडौंका हुनेखाने बर्गले विभिन्न पार्टी र विवाह गर्न समेत प्रयोग हुने गरेको आर्मी अफिसर्स क्लबमा अब सरकारी कार्यक्रम र सेनासँग सम्बन्धित व्यक्तिका मात्रै पार्टी आयोजना हुनेछन् ।

सेनाले गत असारदेखि नै सर्वसाधारणलाई अफिसर्स क्लबमा कार्यक्रम गर्न दिएको थिएन । पूर्णचन्द्र थापा कायममुकायम प्रधानसेनापति भएर आएपछि सेनाले आर्मी अफिसर्स क्लबमा सेनाबाहेकका व्यक्तिका कार्यक्रम नराख्ने निर्णय नै गरेको हो ।

सैनिक गोप्यतामा असर पुग्ने, सुरक्षा संवेदनशीलतामा खलल पुग्ने र हो–हल्ला हुनेजस्ता कारणले आर्मी अफिसर्स क्लबलाई भाडामा लगाउन बन्द गर्ने निर्णय गरिएको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।

सरकार र सरकारी स्वामित्वका संस्थानहरुले चाहेमा आर्मी अफिसर्स क्लवमा कार्यक्रम गर्न पाउने सहायक रथी भण्डारीको भनाइ छ । ‘कस्ता कार्यक्रम अयोजन गर्न दिने र कस्ता नदिने भनेर अहिले छलफल भइरहेको छ,’ प्रवक्ता भण्डारीले भने, ‘सरकारी र सरकारी स्वामित्वका संस्थानले गर्ने कार्यक्रम सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको छ ।’

आर्मी अफिसर्स क्लवको भवन र पार्टी प्यालेस भाडामा दिएवापत हुने आम्दानीको रकम अफिसर्स क्लवकै कोषमा जम्मा हुने गरेको सैनिक प्रवक्ता भण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij