२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ट्रम्प विरुद्ध मुद्दा दर्ता, शपथ ग्रहण नजिकिँदा यौन दुर्व्यवहार आरोपले घेरिए

ट्रम्प विरुद्ध मुद्दा दर्ता, शपथ ग्रहण नजिकिँदा यौन दुर्व्यवहार आरोपले घेरिए

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड  शपथ ग्रहणको दिन नजिकिँदै जाँदा यौन दुर्व्यवहारको आरोपले घेरिनुभएको छ ।

ट्रम्पले आफूमाथि यौन दुरव्यहार गरेको भन्दै बाहिर आएका धेरै महिला मध्ये एक ४१ वर्षकी समर जर्वासले ट्रम्प विरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको छ । रियालिटी सोकी पूर्व सहभागी जर्वासले पत्रकार सम्मेलन गरेर आफूमाथि यौन दुर्व्यवहार गर्ने ट्रम्प विरुद्ध मान हानीको मुद्दा दायर गरेको जानकारी दिनुभएको हो ।

ट्रम्पले आफूमाथि सन् २००७ मा यौन दुर्व्यवहार गरेको जर्वासको भनाई छ । ट्रम्पले आफ्नो बारेमा झुट बोलेको जवार्सको भनाई छ । लस एन्जल्समा भएको पत्रकार सम्मेलनमा जवार्सले भन्नुभयो ‘ट्रम्प झुट र महिला विरोधी हुन् । ट्रम्पले मेरो मानहानी गरेका छन् ।’

ट्रम्मले आफ्नो बारेमा बोलेका कुरा फिर्ता नलिएकाले मुद्दा दर्ता गर्नु बाहेक विकल्प नरहेकाले कानुनी बाटोमा लागेको जर्वासले बताउनुभयो ।

जागिरका लागि बेवेर्ली हिल्स होटलमा भएको छलफलको क्रममा ट्रम्पले आफूमाथि यौन दुव्र्यहार गरेको जवार्सले बताउनुभयो । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले जनवरी २० अर्थात आउँदो शुक्रबार जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij