
एजेन्सी । स्पेनिस ला–लिगाको नयाँ सिजनमा बार्सिलोनाले सुखद् सुरुआत गरेको छ ।
लियोनन् मेस्सीको कप्तानीमा गएराति मैदानमा उत्रिएको बार्सिलोनाले डिपोर्डिभो एलाभेसलाई ३-० ले पराजित गर्दै प्रभावशाली जित हात पारेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे ।
पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा मैदानमा छिरेका फिलिप कौटिन्होले ८३ औं मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे ।
इन्जुरी समयको दोस्रो मिनेटमा पुनः मेस्सीले नै अर्को गोल थपेपछि बार्सिलोना ३–० ले विजयी भएको हो ।
ला–लिगाकै अन्य खेलमा रियल सोसिडाडले भिल्लारियललाई २–१ ले हराउँदा सेल्टा डी भिगो र स्पानियोलले १–१ गोलको बराबरी खेलेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij