२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

रेलसँगको सेल्फि मोहले लियो दुई किशोरको ज्यान

रेलसँगको सेल्फि मोहले लियो दुई किशोरको ज्यान

दिल्ली ।  भारतको दिल्लीमा रेलसँग सेल्फि लिने क्रममा दुईजनाको ज्यान गएको छ । शनिबार किशोरको एक समूह गुड्दै गरेको रेलको अगाडि सेल्फि खिच्ने होडमा रेलवे ट्रयाकमा दौडेका थिए । सेल्फि लिइसकेर अरु सबै ट्रयाकबाट बाहिर निस्किन सफल भएपनि दुईजना भने उम्किन सकेनन् र रेल उनीहरुमाथिबाट गुड्यो ।

‘फोटो खिच्ने क्रममा उनीहरुले रेल आउँदै गरेको देखे, त्यो देखेपछि सबै लिक बाहिर निस्किए तर त्यही क्रममा विपरित दिशाबाट अर्को रेल आयो र दुई किशोर त्यसको बिचमा फँसे । ती दुईजनालाई विपरित दिशाबाट आउँदै गरेको रेलले ठक्कर दिएको हो’ स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

गएको वर्ष एक अध्ययनले अरु देशको तुलनामा भारतमा सेल्फि खिच्ने क्रममा धेरैले ज्यान गुमाउने गरेको जनाएको थियो ।

भारतमा अहिलेसम्म सेल्फि खिच्ने क्रममा ७६ जनाले ज्यान गुमाएका छन् जबकी विश्वभरी सेल्फि खिच्ने क्रममा ज्यान गुमाउने १ सय २७ छन् ।

गएको वर्ष दुई विद्यार्थीले सेल्फि खिच्ने क्रममा समुन्द्रमा डुबेर ज्यान गुमाएपछि भारतमा १५ वटा ठाउँलाई सेल्फि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij