२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

जाजरकोट पहिरो अपडेटः एकै परिवारका ४ जनासहित ९ जनाको मृत्यु

जाजरकोट पहिरो अपडेटः एकै परिवारका ४ जनासहित ९ जनाको मृत्यु


सुर्खेत । अविरल वर्षाका कारण गएराति जाजरकोटको सदरमुकाम खलङ्गामा पहिरो जाँदा दुई घर पुरिएका छन्। पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको छ।

जाजरकोट प्रहरी निरीक्षक इन्द्रजित सुनारकाअनुसार पहिरोले तीर्थ बोहोरा र गोपाल सुनारको घर पुरेको छ।

मृत्यु हुनेहरूमा ११ वर्षीय नविन परियार, १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन्। उनीहरु एकै परिवारका भएको बताइएको छ।

त्यस्तै तिर्थ बोहराकी ८ वर्षीया छोरी नज्मा बोहराको पनि पुरिएर मृत्यु छ।

त्यस्तै, २५ वर्षीय शितला लुहार, उनकी ९ वर्षीया छोरी भगवती विक, ६ वर्षीया रञ्जना विक, र ३ वर्षीया मनिषा विकको समेत मृत्यु भएको छ। यी पनि एकै परिवारका हुन्।

शितलाका श्रीमान ३१ वर्षीय लालबहादुर लुहारसमेत घाइते भएका छन्। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि पठाइएको छ।

ती घरमा बाटो हिँड्ने बटुवासमेत बास बसेको स्थानीयले बताएका छन्।

ती घरमा अझै केही पुरिएको हुन सक्ने आंशका गरिएको छ। उनीहरुको उद्दार कार्य जारी छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij