
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले संसद बहिस्कार गरेका छन्।
गृहमन्त्री रामबहादुर थापाले संसदमा कञ्चनपुरको बलात्कार घटना र सांसद निरु पालमाथिको घटनाबारे जानकारी गराउँदा कांग्रेसका सांसदहरुले गृहमन्त्रीसँग प्रश्न गर्न दिनु पर्ने माग गरेका थिए।
तर सभामुखले प्रश्नको समय नदिएपछि सांसदहरुले उठेर समयको बारम्बार माग गरेका थिए। कांग्रेसका सांसदहरु उठेकै समयमा सभामुखले संसदीय समितिका सदस्यहरुको नाम पढेर सुनाएका थिए।
सभामुखले विमा विधेयक प्रस्तुत गर्न अर्थमन्त्रीलाई अनुमति दिएपछि कांग्रेसका सांसदहरु संसद बहिस्कार गरी बाहिरिएका छन्। कांग्रेसकै अनुपस्ति विमा विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव पारित भएको छ। बैठक शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij