२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गेलले गरे अफ्रिदीको रेकर्ड बराबरी

गेलले गरे अफ्रिदीको रेकर्ड बराबरी

बसेतेरे । वेस्टइन्डिजका ओपनर क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीसँग बराबरी गरेका छन् । गेलले ४ सय ४३ खेलमा ४ सय ७६ छक्का प्रहार गरेका छन् । यसअघि अफ्रिदीले ५ सय २४ खेलमा सो उपलब्धि हात पारेका थिए । दोस्रो स्थानमा भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनी छन् । धोनीले ५ सय ४ खेलमा ३ सय ४२ छक्का प्रहार गरेका छन् ।

गेलले बंगलादेशविरुद्धको अन्तिम एकदिवसीय खेलमा कीर्तिमान कायम गरे । गेलले ६६ बलमा ७३ रन बनाएका थिए । उनले ५ छक्का र ६ चौका प्रहार गरेका थिए । गेलले उत्कृष्ट ब्याटिङ गरे पनि वेस्टइन्डिजले खेल गुमायो । बंगलादेशले सिरिज २–१ ले कब्जा गर्‍यो ।

बंगलादेशका तमिम इक्बालले १ सय ३ रन जोडेपछि बंगलादेशले वेस्टइन्डिजलाई १८ रनले पराजित गर्‍यो । बंगलादेशले पहिलो ब्याटिङ गर्दै ६ विकेट गुमाएर निर्धारित ५० ओभरमा ३ सय १ रन बनाएको थियो । वेस्टइन्डिजले ६ विकेटको क्षतिमा २ सय ८३ रन मात्र बनायो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij