२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नेपाली चेली तेरिया मगर फेरी डान्स रियालिटी सोको फाइनलमा

नेपाली चेली तेरिया मगर फेरी डान्स रियालिटी सोको फाइनलमा

बिहीबार रातिसम्म भोट दिन सकिने

काठमाडौ । नेपाली किशोरी तेरिया फौजा मगर भारतीय टेलिभिजन च्यानल कलर्सको लोकप्रिय डान्स रियालिटी सो ‘झलक दिखलाजा’ यो सिजनमा फाइनलमा पुगेकी छिन् ।

भारतीय टेलिभिजन च्यानल जिटिभीको लोकप्रिय डान्स रियालिटीे डिआईडी सिजन–३ को उनी यस अघि विजेता बनेकी थिइन् । रुपन्देही, रुद्रपुरकी तेरिया झलक दिखलाजामा त्यहाँका कैयौं हस्तीलाई पछि पार्दै फाइनलमा पुगेकी हुन् ।

उनी नृत्यबाट फेरी नेपालको नाम विश्वसामू चिनाउने क्रममा अघि बढ्दैछिन् । झलक दिखलाजाको यस पटकको श्रृंखलाको फाइनल ८ माघको बेलुका हुँदैछ । आफ्नो नृत्यकलाबाट फाइनलमा पुगेको बताउँदै उनले अब यो प्रतिस्पर्धा जित्न भोटको आशा गरेकी छिन् ।

उनका परिवार र आफन्तले सुरु गरेको ‘तेरिया जिताऔं अभियान’मा साथ दिन उनले समस्त नेपालीलाई आग्रह गरेकी छिन् । तेरियाको भनाइमा यस पटक पनि जित्न धेरै संख्यामा एसएमएस तथा इमेल भोटको आवश्यकता पर्दछ, । ‘त्यसैले समस्त नेपाली दाजुभाइ दिदी बहिनीसँग म एसएमएस तथा इमेलबाट भोग माग्छु,’ उनले भनेकी छिन् ।

तेरियालाई जिताउन भोटिङ कार्य शुरु भइसकेको छ । यही बिहीबार राति ९ बजेसम्म उनलाई भोट गर्न सकिने जानकारी गराइएको छ । ‘तेरिया जिताऔं अभियान’ अन्तर्गत उनलाई भारतको सिमकार्ड प्रयोगकर्ताले सय पटकसम्म एसएमएस भोटिङ गर्न सक्नेछन् । अनलाइन भोटिङका लागि पनि एउटा अनलाइन पिसीबाट सयपटकसम्म भोट गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij