२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्

चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्

हाउस्टन (टेक्सास । चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री युजिन ए. कम्र्यानको ८२ वर्षको उमेरमा गतः सोमबार राति निधन भएको छ । सन् २०७२ मा संयुक्त राज्य अमेरिकाद्वारा प्रक्षेपण गरिएको अन्तरिक्ष यान (रकेट) एपोल्लो–१७ मा चढी बैज्ञानिक तथा अन्तरिक्षयात्री कम्र्यानले १४ डिसेम्बर १९७२ मा चन्द्रमामा पाइला टेकेका थिए ।

डुलफिर गरी धरतीमा फर्कने क्रममा चन्द्रभूमिको एक ठाउँको भूइँमा आफ्नी एक मात्र नौ वर्षीया सन्तान (पुत्री)ः टेरेसा डाउन कम्र्यानकोे नाम शव्दोच्चारण गर्दा आउने प्रथम अक्षरहरु –टिडिसिू कोरेको उनले बताए ।

सन् १९३४ मा सिकागोमा जन्मिएका कम्र्यान प्रारम्भ देखिनै तीक्ष्ण बुद्धिमा थिए । उनले सन् १९५६ मा २२ वर्षको उमेरमा इन्डियानाको पर्ड्यु विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ्ग बिषयमा स्नातक उपाधि प्राप्त गरेका थिए ।

चन्द्रमामा सन् १९६९ मा पाइला टेक्ने प्रथम मानव अन्तरिक्षयात्री निल आम्सर््ट्रङ्ग पनि सन् २०१२ मै दिवङ्गत भै सकेका छन् । निल आम्सर््ट्रङ्गले पनि पर्ड्यु विश्वविद्यालकै इलेक्ट्रिकल इन्जिनियरिङ्ग बिषयका स्नातक हुन् ।

ठूलो खर्च लाग्ने तुलनामा साह«ै न्यून उपलब्धि हुने लगायत अन्य धेरै कारणहरु देखाई अमेरिकाले चन्द्रमामा रकेट प्रक्षेपण गर्ने योजना सन् १९७२ पश्चात् स्थगित गरेपछि यस सँगसँगै अमेरिकी अन्तरिक्ष यात्रीहरुको चन्द्रयात्राको क्रममा पनि विराम लाग्यो ।

त्यसको केही वर्ष पछिदेखि अमेरिकाले रुससँग सहकार्य गरी चन्द्रमा तथा अन्य ग्रहहरुको संयुक्त अनुसन्धान, अन्वेषण गर्दै आएको छ । कम्र्यानपछि अन्य कुनै अमेरिकी अन्तरिक्षयात्रीलाई चन्द्रमामा टेक्ने अवसर नमिलेपछि उनी नै चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री मानिएका छन् ।

बयासी वर्षको उमेरसम्म चन्द्रमाको अध्ययन, अनुसन्धान र यस बारे पछि पछिका दिनहरुमा के के घटना वा उपलब्धिहरु हासील गरिए सो मा निरन्तर रुची भएका कम्र्यानले, आफू मात्रै चन्द्रमामा पाइला टेक्ने अन्तिम मानव नभई यो उपाधि अरु कसैले लिइदेओस भनी जीवनको अन्तिम घडीसम्म पनि गहिरो अभिलाषा राखेका कुरा उनको पारिवारिक प्रवक्ता बताउँछन् ।

बैज्ञानिक तथा अन्तरिक्ष यात्री कम्र्यानले पाँचसय छैसाठ्ठी घण्टासम्म अन्तरिक्षमा र यस अवधिमध्ये त्रिहत्तर घण्टाभन्दा बढी समयसम्म चन्द्रसतहमा व्यतीत गरेको रेकर्ड कायम रहेको छ ।

उनले चन्द्रयात्राका क्रममा भोग्नु परेका दुखः कष्ट, आर्जन गरेका अनुभव तथा अन्य धेरै रोमान्चक घटनाहरु समेटी छायाङ्कन गरिएको एउटा बृत्तचित्र (डकुमेन्टरि)ः दि लास्ट म्यान अन दि मून सन् २०१६ मा पहिलो पटक प्रदर्शन गरिएको थियो ।

-एपी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij