२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

दोस्रो टेष्ट खेलमा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका बलियो

दोस्रो टेष्ट खेलमा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका बलियो


एजेन्सी । दक्षिण अफ्रिकासँगको दोस्रो टेष्ट क्रिकेट खेलमा श्रीलंका बलियो स्थितिमा पुगेको छ । दोस्रो दिन आफ्नो दोस्रो इनिङ्स थालेको श्रीलंकाले ३ विकेटको क्षतिमा १५१ रन बनाएसँगै बलियो स्थितिमा पुगेको हो ।

दोस्रो दिनको खेलको समाप्तिमा श्रीलंकाले १५१ रन बनाएसँगै दक्षिण अफ्रिकाविरुद्ध ३६५ रनको अग्रता बनाउन सफल भएको छ । दोस्रो इनिङ्समा श्रीलंकाका दनुश्का गुनाथिलकाले ६१ रन बनाए । त्यस्तै, श्रीलंकाका लागि दिमुथ करुनारत्ने अविजित ५९ रनमा क्रिजमा छन् । त्यस्तै, एन्जेलो मेथेवस पनि १२ रनमा क्रिजमा छन् ।

दोस्रो टेष्ट क्रिकेटको तेस्रो दिन आज (आइतबार) श्रीलंकाले ३ विकेटको क्षतिमा १५१ रनको स्कोरदेखि नै ब्याटिङ थाल्नेछ । यसअघि पहिलो इनिङ्समा श्रीलंकाले ३३८ रन बनाएको थियो । त्यस्तै, दक्षिण अफ्रिकाले भने आफ्नो पहिलो इनिङ्समा खराब प्रदर्शन गर्दै १२४ रनमात्रै बनाउन सकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij